बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रि ओप सेसन : चार अंकले बढ्यो नेप्से


    हुलाक प्रेस

    • आइतबार, असार २२ २०८२११:३७
    प्रि ओप सेसन : चार अंकले बढ्यो नेप्से

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ अंकले बढेको छ ।

    सेसनमा नेप्से परिसूचक ४.२६ अंकले बढेर २७०८.२३ को विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स भने ०.६९ अंक बढेको छ ।

    सेसन अवधिमा ४८ कम्पनीको ३५ हजार २७४ कित्ता शेयरखरिदबिक्री हुँदा १ करोड ६० लाख ४१ हजार ७९८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    कारोबार भएकामध्ये २८ कम्पनीको मूल्य बढ्यो भने १८ वटाको मूल्य घटेको छ । यस्तै, एक कम्पनीको मूल्य स्थिर रहेको छ ।


    प्रतिक्रिया दिनुहोस