बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेप्सेमा पौने ३८ लाख कित्ता बोनस सेयर थपियो


    हुलाक प्रेस

    • आइतबार, असार २२ २०८२०३:५६
    नेप्सेमा पौने ३८ लाख कित्ता बोनस सेयर थपियो

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । प्रभु महालक्ष्मी लाइफको वार्षिक साधारण सभाबाट पारित भएको ८ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  

    कम्पनीको उक्त दरको कुल ३७ लाख ८० हजार ४८० कित्ता बोनस सेयर आज सूचीकृत भएको हो । यो कम्पनीको अब नेप्सेमा सूचीकृत सेयर संख्या ५ करोड १० लाख ३६ हजार ४८० पुगेको छ ।  

    सूचीकृत बोनस सेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।


    प्रतिक्रिया दिनुहोस