बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्धा दायर


    हुलाक प्रेस

    • आइतबार, असार २२ २०८२०८:१७
    थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्धा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुर जिल्ला, थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेटिङमा बढी मुल्य हालेर अक्सिजन जेनेरेसन प्लान्ट खरिद गरेर एक करोड १० लाख एक हजार १ सय ९९ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ । आयोगले आइतबार विशेष अदालतमा उनीहरूमाथि भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको हो । उनीहरूले ट्रेडर्स प्रा.लि.मार्फत गैरकानुनी लाभ लिई राज्यलाई आर्थिक हानी पुर्‍याएको ठहर गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

    सार्वजनिक खरिद ऐन, नियम विपरीत आपसी मिलेमतो र योजनामा स्वीकृत स्पेशिफिकेशनभन्दा फरक रुप र आकार, तोकिएको शर्त तथा मापदण्ड विपरीतको सामान खरिद गर्न रु. १ करोड १० लाख १ हजार १९९.७५ को बोलपत्रलाई स्वीकृत गरी सम्झौता गरिएको र सोही बमोजिमको सामान दाखिला लिई रु. १२ लाख पेस्की समेत दिइएको अवस्थामा भ्रष्टाचारजन्य कार्य भएको अख्तियारले ठहर गरेको छ ।

    आयोगले यस कार्यमा संलग्न रहेको भन्दै थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, तत्कालीन लेखा अधिकृत हरि बहादुर खपाङ्गी मगर, तत्कालीन ईन्जिनियर सन्तोष बोहरा, सहायक पाँचौ सुदर्शन पहेली, प्रदेश स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रका तत्कालीन बायोमेडिकल इन्जिनियर राजेश्वर कमली, तथा आपूर्तिकर्ता सुभारम्भ सर्भिस ट्रेडर्स प्रा.लि. र उक्त प्रा.लि.का अध्यक्ष/प्रोप्राइटर सोबित प्रसाईविरुद्ध आरोपपत्र दायर गरेको हो ।

    उनीहरू सबैसँग रु. १ करोड १० लाख १ हजार १९९।७५ बिगो कायम आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

     


    प्रतिक्रिया दिनुहोस