बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • चिकित्सकको आन्दोलनले इमर्जेन्सी बाहेकका सबै सेवा बन्द


    हुलाक प्रेस

    • सोमबार, असार २३ २०८२११:४३
    चिकित्सकको आन्दोलनले इमर्जेन्सी बाहेकका सबै सेवा बन्द

    काठमाडौँ । उपभोक्ता अदालतको फैसलाको विषयलाई लिएर चिकित्सकहरु आन्दोलनमा उत्रिदा विरामीहरु मारमा परेका छन् । आज (सोमबार) चिकित्सकहहरुले इमर्जेन्सीबाहेकका सबै सेवा ठप्प पारेका छन् । 

    अस्पतालको ओपिडी सेवा नै बन्द भएपछि विरामी विचल्लीमा परेका छन् । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताललगायत ठूला अस्पतालमा उपचारको लागि आएका विरामीहरु ओपिडी बन्द भएपछि बिचल्लीमा परेका हुन् । 

    अदालतले चिकित्सक तथा अस्पतालमाथि नियोजित रुपमा फैसला गरेको आरोपमा चिकित्सकहरुले आज निजी र सरकारी दुवै अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा रोकेका छन् । नेपाल चिकित्सक संघले नै आन्दोलनको अगुवाई गर्दै सेवा ठप्प पार्न चिकित्सकहरुलाई निर्देशन दिएको छ ।

    नेपाल चिकित्सक संघले नेतृत्व गरेकाे आन्दोलनमा स्वास्थ्यसँग सम्बन्धीत अन्य ९ वटा संघसंस्थाहरूले समेत समर्थन गर्दै अदालतको फैसलाको विरोध गरेका छन् । चिकित्सक संघले अदालतको फैसला अव्यवहारिक र चिकित्सकमाथि प्रतिशोध लिएको संघका अध्यक्ष अनिल विक्रम कार्कीले बताए ।

    ‘चिकित्सकमाथि राज्यले सजायमा भार थपेको छ, यसमा हाम्रो आपत्ती छ, यो समाधान नभएसम्म सेवा ठप्प हुन्छ,’ उनले भने, ‘विरामीलाई उपचार सेवा नदिउँ भन्ने होइन तर, सरकारले चिकित्सकहरुमाथि राखेको प्रतिशोध र निशाना ठिक भएन ।’


    प्रतिक्रिया दिनुहोस