शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • १५ लाख धरौटी बुझाउन नसकेपछि युनुस अन्सारी पुनः जेल चलान


    हुलाक प्रेस

    • सोमबार, असार २३ २०८२०८:५०
    १५ लाख धरौटी बुझाउन नसकेपछि युनुस अन्सारी पुनः जेल चलान

    काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा १५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि युनुस अन्सारी जेल चलान भएका छन् ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासले सोमबार सम्पत्ति शुद्धीकरण मुद्दामा अन्सारीलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

    तर, अन्सारीले धरौटी रकम बुझाउन नसकेपछि उनलाई पुनः केन्द्रीय कारागार चलान गरिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

    नक्कली भारतीय रुपैयाँको कारोबार गरेको आरोपमा पक्राउ परेका अन्सारीले विभिन्न मुद्दा खेपिरहेका छन् ।

    ०७६ जेठमा अन्सारीसहित ६ जना सात करोड ७६ हजार भारतीय नक्कली नोटसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । 


    प्रतिक्रिया दिनुहोस