बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सर्वोच्चको न्यायाधीशमा नियुक्त पौडेल, थापा र पोखरेल को हुन् ?


    हुलाक प्रेस

    • सोमबार, असार २३ २०८२०९:३१
    सर्वोच्चको न्यायाधीशमा नियुक्त पौडेल, थापा र पोखरेल को हुन् ?

    काठमाडौँ । सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त भएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकान्त पौडेल, शान्तिसिंह थापा र मेघराज पोखरेललाई न्यायाधीशमा नियुक्त गरेका हुन् ।

    न्याय परिषद्ले गत जेठ २७ गते सर्वोच्चमा तीन जनाको नाम सिफारिस गरेको थियो । सोमबार संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि आजै उनीहरुलाई न्यायाधीशमा नियुक्त गरिएको हो ।

    सर्वोच्चमा लामो समयदेखि चार जना न्यायाधीश रिक्त थिए । प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहने संवैधानिक व्यवस्था रहेकोमा एक पद रिक्त राख्दै तीन जनाको नाम सिफारिस गरिएको थियो ।

    सर्वोच्चमा नियुक्त न्यायाधीश पौडेलले २०७८ फागुनदेखि २०८० मंसिरसम्म विशेष अदालतको अध्यक्षका रुपमा काम गरेका थिए । यस्तै थापासँग पनि २०७६ साउनदेखि २०७८ साउनसम्म दुई वर्ष विशेष अदालतको सदस्य न्यायाधीशका रुपमा काम गरेको अनुभव छ । २०२३ माघ २ गते जन्मिएका पौडेल र २०२२ मंसिर ९ गते जन्मिएकी थापा दुवै कास्कीका हुन् ।

    पौडेलले २०५० साउन १ गते न्याय सेवामा प्रवेश गरेकोमा थापा २०७० जेठ २७ गते न्याय सेवामा प्रवेश गरेकी थिइन् । उच्च अदालतमा पौडेल र थापा दुवै २०८० मंसिर ६ गते नियुक्त भएका थिए ।

    पौडेलले एलएलएम एमए र थापाले एलएलएमको अध्ययन गरेका छन् । यस्तै दोलखाका पोखरेल नेपाली कांग्रेस निकट मानिन्छन् । 

    सर्वोच्च बार एसोसिएसनका पूर्वअध्यक्ष समेत रहेका उनले २०७९ मा वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका थिए ।

     


    प्रतिक्रिया दिनुहोस