बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • देशभर मनसुनी वायुको प्रभाव, आज यि चार प्रदेशमा हुनेछ भारी वर्षा


    हुलाक प्रेस

    • बिहीबार , असार २६ २०८२०९:४०
    देशभर मनसुनी वायुको प्रभाव, आज यि चार प्रदेशमा हुनेछ भारी वर्षा

    काठमाडौं । कोसीदेखि सुदूरपश्चिम प्रदेशसम्म आज वर्षाको सम्भावना रहेको छ । हल्कादेखि भारी वर्षाको सम्भावना छ । 
    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । 

    कोसी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    कोसी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

    विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोसी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

    हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ ।


    प्रतिक्रिया दिनुहोस