बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य १७ डलरले बढ्यो, प्रति औँस कति पुग्यो ?


    हुलाक प्रेस

    • शुक्रबार, असार २७ २०८२११:४४
    सुनको मूल्य १७ डलरले बढ्यो, प्रति औँस कति पुग्यो ?

    काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट हुने आयात र अन्य व्यवसायिक साझेदार देशहरुमाथि ट्यारिफको घोषणा गरेसँगै आज सुनको मूल्य उकालो लागेको हो ।  

    यसका साथै डलर बलियो बन्दा र विश्व व्यापारमा देखिएको समस्याका कारण समेत सुनको भाउ बढ्न पुगेको छ ।  

    आज सुनको मूल्य ०.५४ प्रतिशत अर्थात १७.७७ डलरले बढ्दै प्रतिऔंस ३ हजार ३३५ डलरमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य पनि ०.३३ डलरले बढ्दै प्रतिऔंस ३७.२ डलर कायम भएको छ ।  


    प्रतिक्रिया दिनुहोस