बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रास्वपाले निर्वाचन आयोगमा पेश गरेको कागजात झिकाउन सर्वोच्चको आदेश


    हुलाक प्रेस

    • आइतबार, असार २९ २०८२०६:५४
    रास्वपाले निर्वाचन आयोगमा पेश गरेको कागजात झिकाउन सर्वोच्चको आदेश

    काठमाडाैं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पेश गरेको कागजात र अभिलेख अद्यावधिक सम्बन्धी कागजात झिकाउन आदेश गरेको छ ।

    रास्वपाबाट निष्कासित महामन्त्री डा. मुकुल ढकालले दायर गरेको रिट निवेदनमाथिको सुनुवाईपछि न्यायाधीशहरु हरि फुयाल र नित्यानन्द पाण्डेयको इजलासले ‘मिसिल कागज झिकाउने’ आदेश गरेको हो ।

    आदेश अनुसार अब निर्वाचन आयोगले रास्वपा दर्ता हुँदाको कागजात, त्यसका आधारमा रास्वपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय अनि त्यसपछि रास्वपाले ढकाललाई गरेको कारवाही र त्यससम्बन्धी पत्राचार लगायतका सबै कागजात सर्वोच्च अदालतमा बुझाउनुपर्नेछ ।

    आफूलाई रास्वपाको महामन्त्रीमा कायम गरिनुपर्ने र आफूमाथि रास्वपाले गरेको कारबाहीले मान्यता पाउन नहुने मागसहित  ढकाल सर्वोच्च अदालत गएका थिए ।


    प्रतिक्रिया दिनुहोस