काठमाडौं । सबै उच्च अदालत र इजलासमा स्वचालित पेसी तथा तारेख व्यवस्थापन प्रणाली सुरु भएको छ। प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले आइतबार उक्त प्रणालीको आरम्भ गरे।
प्रधानन्यायाधीश श्रेष्ठले आइतबार बिहान ११ बजे पाटन उच्च अदालतबाट सबै उच्च अदालत र इजलासमा स्वचालित पेसी तारेख व्यवस्थापन प्रणालीको आरम्भ गरेका हुन्।
यसअघि गोला प्रथाबाट पेसी तोकिन्थ्यो। तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेसी प्रणाली लागु गर्न सुझाव दिएको थियो।