काठमाडौँ । भारतको केन्द्र सरकारले सोमबार मध्य प्रदेश, झारखण्ड, कर्नाटक, गुवाहाटी र पटना उच्च अदालतका लागि नयाँ मुख्य न्यायाधीश नियुक्ति गर्नका लागि स्वीकृति दिएको छ।
उच्च अदालतका यि न्यायाधीशहरूलाई मुख्य न्यायाधीशको रूपमा नियुक्त गरिएको छ । मध्य प्रदेश उच्च अदालतको मुख्य न्यायाधीशको रूपमा न्यायाधीश संजीव सचदेवा ,झारखण्ड उच्च अदालतको मुख्य न्यायाधीशको रूपमा न्यायाधीश तरलोक सिंह चौहान । कर्नाटक उच्च अदालतको मुख्य न्यायाधीशको रूपमा न्यायाधीश विभू बखरु । गुवाहाटी उच्च अदालतको मुख्य न्यायाधीशको रूपमा न्यायाधीश आशुतोष कुमार । पटना उच्च अदालतको मुख्य न्यायाधीशको रूपमा न्यायाधीश विपुल मनुभाई पंचोली ।
यी सिफारिसहरू भारतका प्रधान न्यायाधीश बीआर गवईको नेतृत्वमा रहेको सर्वोच्च अदालत कलेजियमले गरेको थियो ।