बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पोखरीको ठेक्का रकम हिनामिना, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा


    विद्या राजपुत

    • आइतबार, पुस ८ २०८००९:०१
    पोखरीको ठेक्का रकम हिनामिना, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको हंसपुर नगरपालिका-१ भगवानपट्टीको पोखरी ठेक्का लगाउँदा भ्रष्टाचार गरेको अभियोगमा वडाध्यक्ष कामेश्वर कापर, प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारी  र ठेकेदारहरु मदनकुमार झा र नवीनकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    सार्वजनिक पोखरी ठेक्कामा लगाएवापत दोस्रो वर्षको रकम ५ लाख ५५ हजार रुपैयाँ राजस्वमा दाखिला गर्नुपर्नेमा वडाध्यक्ष कापरले आफैंसँग राखेको पाइएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

    त्यस्तै ठेकेदारहरुले नियमित किस्ता हंसपुर नगरपालिकामा दाखिला नगर्दा पनि निरन्तर किस्ता दिएको भनी वडाध्यक्ष कापरले हंसपुर गाँउपालिका- 1 को लेटर प्याडको दुरुपयोग गरी नियमित किस्ता दाखिला गरेको भन्ने  गलत व्यहोरा बनाएको अख्तियारको भनाइ छ ।

    ठेकेदार मदनकुमार झा र नवीनकुमार चौधरीले उक्त पोखरी ठेक्कामा लिएवापतको रकम नबुझाई नगरपालिकालाई हानिनोक्सानी पुर्‍याएको अख्तियारको भनाइ छ ।


  • सम्बन्धित विषय:

  • # विशेष अदालत


  • प्रतिक्रिया दिनुहोस