बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • हिम स्टार उर्जाको आइपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता सेयर


    हुलाक प्रेस

    • बुधबार, असार ३२ २०८२०३:५३
    हिम स्टार उर्जाको आइपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता सेयर

    काठमाडौँ । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।  

    बिक्री प्रबन्धकका अनुसार आइपीओमा २० लाख ४४ हजार ४५६ जनाको आवेदन परेकोमा १८ लाख ९५ हजार ३७६ जनाको आवेदन सदर भएको थियो ।  

    त्यस्तै, २ करोड ४० लाख १३ हजार ९७० कित्ताका लागि आवेदन परेकोमा २ करोड १२ लाख ३१ हजार ३३० कित्ता लागि परेको आवेदन मात्रै सदर भएको थियो ।  

    कम्पनीको आइपीओ ७७ हजार ३९७ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन्, भने ५ जनाले ११ कित्ता सेयर पाएका छन् ।  

    सदर भएका आवेदकमध्ये १८ लाख १७ हजार ९७४ जनाको हात रित्तो भएको छ । कम्पनीको आइपीओ सिडिएस एण्ड क्लियरिङ्खले सञ्चालन गरेको वेबसाइटमार्फत हेर्न सकिनेछ ।


    प्रतिक्रिया दिनुहोस