बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • साउन १ गतेदेखि सेयर धितोमा राखेर २५ करोड रुपैयाँसम्म ऋण पाइने


    हुलाक प्रेस

    • बुधबार, असार ३२ २०८२१०:२४
    साउन १ गतेदेखि सेयर धितोमा राखेर २५ करोड रुपैयाँसम्म ऋण पाइने

    काठमाडौं । साउन १ गतेदेखि सेयर धितोमा राखेर २५ लाख रुपैयाँसम्म कर्जा पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एक परिपत्र गर्दै भोलिदेखि लागु हुने गरी यस्तो व्यवस्था गरेको हो ।

    तर, सेयर धितोमा राखेर पाइने कर्जाको सीमा मार्जिन प्रकृतिका कर्जाको लागि हो । अन्य प्रयोजनको सेयर धितो कर्जामा सीमा छैन ।

    ‘कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल २५ करोड कायम गरिएको छ,’ राष्ट्र बैंकको परिपत्रमा भनिएको छ ।

    यसअघि आव २०८१/८२ कोे मौद्रिक नीतिमार्फत् मार्जिन प्रकृतिको सेयर धितो कर्जामा सिंगल अब्लिगर लिमिट १० करोडबाट १५ करोड बनाइएको थियो ।


    प्रतिक्रिया दिनुहोस