काठमाडौँ । उच्च अदालतका न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन् । उनले आजबाट लागू हुने गरी बिहीबार न्याय परिषद्मा राजीनामा बुझाएका हुन् । उनले आफ्नो घरयासी र स्वास्थ्य अवस्थाको कारण देखाउँदै राजीनामा दिएका हुन् ।
लम्साल हाल उच्च अदालत, विराटनगरको ओखलढुंगा इजलासमा कार्यरत थिए । २०८० सालमा उच्च अदालतको न्यायाधीश नियुक्त भएका लम्सालको उमेर हदले अझै एक वर्ष कार्यकाल बाँकी थियो । उच्च अदालतका न्यायाधीशले ६३ वर्षको उमेरसम्म सेवामा रही काम गर्न पाउँछन् ।