बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पहलगाममा हमला गर्ने द रेजिस्टेन्स फ्रन्टलाई अमेरिकाले घोषित गर्‍यो आतङ्कवादी सङ्गठन


    हुलाक प्रेस

    • शुक्रबार, साउन २ २०८२०९:३४
    पहलगाममा हमला गर्ने द रेजिस्टेन्स फ्रन्टलाई अमेरिकाले घोषित गर्‍यो आतङ्कवादी सङ्गठन

    वासिङ्टन डीसी । अमेरिकाले द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ)लाई विदेशी आतङ्कवादी सङ्गठन घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले यो जानकारी दिँदै एक विज्ञप्ति जारी गरेको  छ ।

    ‘लश्कर–ए–तैयबा (एलईटी)को फ्रन्ट टीआरएफले अप्रिल २२ मा पहलगाममा भएको आक्रमणको जिम्मेवारी लिएको छ । यसमा २६ नागरिक मारिएका छन् ।’ विज्ञप्तिमा अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले भनेका छन् । 

    ‘यो २००८ को मुम्बई आक्रमण पछि भारतमा नागरिकहरूमाथि भएको सबैभन्दा घातक आक्रमण थियो, जुन लश्कर–ए–तैयबाद्वारा गरिएको थियो । एलईटीले भारतीय सुरक्षा बलहरूमाथि भएका धेरै आक्रमणहरूको जिम्मेवारी पनि लिएको छ, जसमध्ये सबैभन्दा पछिल्लो २०२४ मा भएको थियो ।’ विज्ञप्तिमा अझ अगाडि भनिएको छ । 

    भारतीय विदेश सचिव विक्रम मिश्रीले मे ७ मा एक प्रेस ब्रिफिङको क्रममा पहलगाम आक्रमणको लागि टीआरएफलाई जिम्मेवार ठहराएका थिए । ‘द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) भनिने समूहले आक्रमणको जिम्मेवारी लिएको छ । यो समूह संयुक्त राष्ट्र संघद्वारा प्रतिबन्धित पाकिस्तानी आतङ्कवादी समूह लश्कर–ए–तैयबाको मोर्चा हो ।’ मिस्रीले भनेका थिए । 


    प्रतिक्रिया दिनुहोस