बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य बढ्यो, आज कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • शुक्रबार, साउन २ २०८२१०:५८
    सुनको मूल्य बढ्यो, आज कतिमा भइरहेछ कारोबार ?

    काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आजको कारोबारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँमा भईरहेको छ ।  

    अघिल्लो दिन पनि सुनको मूल्य ३ सय रुपैयाँले बढेको थियो । उक्त दिन एक तोला सुनको मूल्य १ लाख ९२ हजार ३ सय रुपैयाँ कायम थियो ।  

    यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी १५ रुपैयाँले महङ्गिदै प्रतितोला २ हजार २८० रुपैयाँ कायम छ । 

     


    प्रतिक्रिया दिनुहोस