बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बाढी महाशाखाले काठमाडौँसहित ४३ जिल्लामा जारी गर्‍यो ‘एल्लो अलर्ट’


    हुलाक प्रेस

    • सोमबार, साउन ५ २०८२१०:०७
    बाढी महाशाखाले काठमाडौँसहित ४३ जिल्लामा जारी गर्‍यो ‘एल्लो अलर्ट’

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन ५, सोमबार) को सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि सुझाव दिएको छ । 

    बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाब सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ ।

    जिल्लाका हिसाबले आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, रामेछाप, भोजपुर, खोटाङ, ओखलढुंगा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, कास्की, पर्वत, म्याग्दी, बागलुङ, लमजुङ, रोल्पा, गुल्मी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च छ ।

    साथै आज इलाम, झापा, धनकुटा, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, सिन्धुली, मकवानपुर, स्याङ्जा, गोरखा, दाङ, बाँके, सुर्खेत, बर्दिया, डोटी, अछाम, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम छ । 

    बाढी महाशाखाले उल्लखित ४३ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्टमा राख्दै सम्बन्धित क्षेत्रमा रहेका बासिन्दालाई होसियारी अपनाउन सुझाव दिएको छ । 


    प्रतिक्रिया दिनुहोस