बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • बंगलादेश विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो


    हुलाक प्रेस

    • सोमबार, साउन ५ २०८२११:०९
    बंगलादेश विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो

    एजेन्सी । बंगलादेशको राजधानी ढाकामा सोमवार वायुसेनाको विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । अन्य १६४ जना घाइते भएका छन् ।

    बंगलादेशी सञ्चारमाध्यम द डेली स्टारले प्रकाशन गरेको समाचारमा उल्लेख भएअनुसार, मृतक र घाइतेहरूलाई विभिन्न अस्पताल लगिएको छ । वायुसेनाको प्रशिक्षण विमान माइलस्टोन स्कूल र कलेजको भवनमा ठोकिएको थियो ।

    ७० जना घाइतेलाई उपचारका लागि नेशनल इन्स्टिच्युट अफ बर्न एन्ड प्लास्टिक सर्जरीमा लगिएको थियो । त्यहाँ पुगेका दुईजनाको मृत्यु भएको थियो । घाइतेमध्ये १४ जनालाई कम्बाइन्ड मिलिटरी हस्पिटल लगिएको थियो । ११ जना मृतकको शरीर त्यही अस्पतालमा छ ।

    अन्य दुई मृतकलाई कुर्मितोला सदर अस्पताल लगिएको छ भने थप दुई मृतकलाई लुब्ना जनरल हस्पिटल एन्ड कार्डियाक सेन्टर लगिएको छ । दुर्घटनाको कारण पत्ता लागेको छैन ।


    प्रतिक्रिया दिनुहोस