बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • यी जिल्लामा आज बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह


    हुलाक प्रेस

    • मंगलबार, साउन ६ २०८२०९:१८
    यी जिल्लामा आज बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    मंगलबार (साउन ६) ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, रामेछाप, भोजपुर, खोटाङ, ओखलढुंगा, रसुवा, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, दोलखा, कास्की, पर्वत, म्याग्दी, बागलुङ, लमजुङ र गुल्मीमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको उच्च सम्भावना रहने औँल्याइएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

    इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, नुवाकोट, धादिङ, सिन्धुली, मकवानपुर, स्याङ्जा, गोरखा, रोल्पा, दाङ, प्युठान, पाल्पा, अर्घाखाँची, जाजरकोट, जुम्ला, कालीकोट, सुर्खेत, दैलेख, डोटी, अछाम, बैतडी, दार्चुला र डडेलधुरा भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको ‘मध्यम’ सम्भावना रहने महाशाखाको अनुमान छ ।

    यस दिन बिहानको मापनमा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको जलसतह सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस