बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मनसुनी वायुको प्रभाव कमजोर, धेरै वर्षाको सम्भावना न्यून


    हुलाक प्रेस

    • बिहीबार , साउन ८ २०८२०८:४४
    मनसुनी वायुको प्रभाव कमजोर, धेरै वर्षाको सम्भावना न्यून

    काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । हल्कादेखि भारी वर्षाको सम्भावना रहेको हो । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । 

    कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । “काठमाडौंमा आज दिउँसो वर्षा हुने सम्भावना छ,” मौसमविद् सरोज पुडासैनी भन्छन्, “हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।” 

    विभागले राति कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

    कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेशका पहाड र तराई साथै मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

    हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ, जसका कारण धेरै स्थानमा वर्षा हुन सकेको छैन । तराईका कतिपय स्थान अझै पनि खडरीमा छन् । 

    “आजभन्दा भोलि केही बढी वर्षाको सम्भावना छ । आजभन्दा धेरै स्थानमा भोलि वर्षा हुने देखिन्छ,” मौसमविद् पुडासैनी भन्छन्, “अहिले मनसुनी वायु केही कमजोर देखिएको छ । आजभन्दा भोलि केही स्ट्रङ हुने देखिन्छ ।”  

    मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको विभागले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस