बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बाढी महाशाखाद्वारा सिन्धुपाल्चोकसहित २६ जिल्लामा ‘एल्लो अलर्ट’ जारी


    हुलाक प्रेस

    • शुक्रबार, साउन ९ २०८२०९:०२
    बाढी महाशाखाद्वारा सिन्धुपाल्चोकसहित २६ जिल्लामा ‘एल्लो अलर्ट’ जारी

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन ९, शुक्रबार) को सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि सुझाव दिएको छ । 

    बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ । 

    जिल्लाका हिसाबले चाहिँ आज ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, रामेछाप, पाँचथर, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, धादिङ, कास्की, गोरखा, लमजुङ, बागलुङ, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, रोल्पा, सुर्खेत, दैलेख र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना पनि मध्यम नै छ ।  २६ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिँदै बाढी महाशाखाले सावधानीका लागि चेतावनी जारी गरेको छ । 


    प्रतिक्रिया दिनुहोस