बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता


    हुलाक प्रेस

    • शुक्रबार, साउन ९ २०८२०१:४२
    राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गर्नुभएको छ । उनिहरुबीच राष्ट्रपति निवास शितल निवासमा भेट भएको हो । 

    भेटमा सभामुख घिमिरेले संसद्का सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागिताबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुन जुलाई २७ मा जेनेभा जाने कार्यक्रम छ ।
    रासस


    प्रतिक्रिया दिनुहोस