बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • अबदेखि ‘अविच्छिन्न वाइफाइ सेवा’ मोबाइल अपरेटरले मात्र दिन पाउने


    हुलाक प्रेस

    • आइतबार, साउन ११ २०८२०७:२४
    अबदेखि ‘अविच्छिन्न वाइफाइ सेवा’ मोबाइल अपरेटरले मात्र दिन पाउने

    काठमाडौँ । अबदेखि अविच्छिन्न वाइफाइ(सिमलेस कनेक्टिभिटी/रोमिङ/मोबिलिटी) मोबाइल अपरेटरले मात्र दिन पाउने भएका छन् । 

    नियामक नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार सूचना जारी गर्दै मोबाइल अपरेटरले मात्र यस किसिमको वाइफाइ सेवा प्रदान गर्न सकिने जानकारी गराएको हो । 

    विगत केही वर्षदेखि इन्टरनेट सेवाप्रदायकहरुले पनि वाइफाइको माध्यमबाट अविच्छिन्न रुपमा इन्टरनेट प्रदान गर्दै आइरहेका थिए । आईएसपीमार्फत अधिकतम स्थानमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध हुँदै आइरहेको थियो । यस्तो सेवाका कारण उपभोक्ताको रुचि मोबाइल डेटाभन्दा पनि निःशुल्क वाइफाइमा थियो । 

    आईएसपीले वाइफाइ हटस्पटमार्फत सेवा प्रदान गर्दा आफ्नो क्षेत्राधिकारमा हस्तक्षेप भएको मोबाइल अपरेटहरुको बुझाइ थियो । निःशुल्क वाइफाइ सेवाका कारण मोबाइल अपरेटरहरुले आफ्नो आम्दानीमा नकारात्मक प्रभाव परेको भन्दै विरोध जनाउँदै आइरहेका थिए । उनीहरुले यो व्यवस्था हटाउन लबिङ समेत गरिरहेका थिए ।

    अहिले प्राधिकरणले सूचनामार्फत मोबाइल अपरेटरबाहेक अन्यलाई अविच्छिन्न वाइफाइ सेवा बन्द गर्न निर्देशन दिएको हो । निर्देशनको अवज्ञा गरे कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।


    प्रतिक्रिया दिनुहोस