काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को राष्ट्रिय भेला मध्य बानेश्वरमा जारी छ ।
अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पोखराको लिचीबारी जगाा प्रकरणमा मुछिएपछि राष्ट्रिय भेला बोलाइएको हो ।
राष्ट्रिय भेलामा रञ्जितालाई गरिएको अनुशासनको कारबाही अनुमोदन गराउने तयारी छ । श्रेष्ठ भने भेलामा उपस्थित भएकी छैनन् ।
भेलामा केन्द्रीय सदस्य, संघ र प्रदेशका सांसद लगायत सहभागी छन् ।
घुसकाण्डमा मुछिएपछि रञ्जिताले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन् । बास्तोलालाई निर्वाचन आयोगले चिन्दैन । पार्टी भित्र उनको कदमको विरोध समेत भएको थियो ।