बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • महिमानसिंह विष्टसँग धरौटी माग्ने जिल्ला अदालत काठमाडौँको आदेश उच्च अदालत पाटनद्धारा सदर


    हुलाक प्रेस

    • बिहीबार , साउन १५ २०८२०६:५३
    महिमानसिंह विष्टसँग धरौटी माग्ने जिल्ला अदालत काठमाडौँको आदेश उच्च अदालत पाटनद्धारा सदर

    काठमाडौँ ।स र्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टसँग धरौटी माग्ने जिल्ला अदालत काठमाडौँको आदेश  उच्च अदालत पाटनले  सदर गरेको छ ।

    न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले महिमानसिंह विष्टसँग १ लाख रुपैयाँ धरौटी माग्ने जिल्ला अदालतको आदेश सदर गरेको छ ।

    विष्टले जिल्लाको धरौटी नमिलेको दाबी गर्दै त्यसलाई बदर गरी तारेखमा रहन पाऊँ भनी माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।

    विष्टले गत वैशाख १७ गतेनागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न प्रहरी र डिल्लीबजार कारागारमा पत्राचार गरेपछि उनी प्रकाउ परेका थिए । 
     

    उनलाई गत जेठ ५ गते जिल्लाले एक लाख धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश गरेको थियो ।


    प्रतिक्रिया दिनुहोस