बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कर्णाली विकास बैंक घोटाला: मृत्यु भइसकेका दुई जनाविरुद्ध पनि मुद्दा


    हुलाक प्रेस

    • बिहीबार , साउन १५ २०८२०७:४२
    कर्णाली विकास बैंक घोटाला: मृत्यु भइसकेका दुई जनाविरुद्ध पनि मुद्दा

    काठमाडौं । कर्णाली विकास बैंकको अनियमितता प्रकरणमा १०९ जनाविरुद्ध उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा मुद्दा दायर भएको छ । मुद्दा दायर गरिएका मध्ये २ जना भने मृत्यु भइसकेका व्यक्ति रहेका छन् ।

    राप्ती पोलिमर्स प्रालिका सञ्चालक महेश जंग थापाको २०७८ साल वैशाख ३१ गते मृत्यु भएको छ तर जिल्ला सरकारी वकिलको कार्यालयले उनीविरुद्ध मुद्दा दायर गरेको छ ।

    त्यस्तै कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन कर्मचारी धनञ्जय कश्यपविरुद्ध मुद्दा दायर भएको छ । उनको २०८२ वैशाख ५ गते नै मृत्यु भइसकेको आरोप पत्रमा उल्लेख गरिएको छ ।

    बुधबार दायर मुद्दामा बैंकका तत्कालीन अध्यक्ष राजेन्द्रवीर रायलाई २ अर्ब ६३ करोड ३२ लाख १६ हजार ५९७ रुपैयाँ बिगो र जरिवाना माग दाबी गरिएको छ।


    प्रतिक्रिया दिनुहोस