बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भोलिबाट भारी वर्षा हुने सम्भावना, सुख्खग्रस्त मधेशमा पनि पानी पर्ने


    हुलाक प्रेस

    • शुक्रबार, साउन १६ २०८२०७:१०
    भोलिबाट भारी वर्षा हुने सम्भावना, सुख्खग्रस्त मधेशमा पनि पानी पर्ने

    काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । भोलिबाट भने देशका धेरै स्थानमा वर्षा हुने पूर्वानुमान छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानमा तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    काठमाडौंमा भारी वर्षाको सम्भावना छैन । वाग्मती प्रदेशको सिन्धुपाल्चोक र दोलखाकातिरका केही स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेको मौसमविद्को भनाई छ ।

    विभागले राति केही स्थानमा भारी वर्षा हुने बताएको छ । राति देशभर साधारणतया बदली रहनेछ । 

    कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानमा तथा बाँकी तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । 

    वाग्मती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले बताएको छ । 

    मौसमविद् सुजन अधिकारीका अनुसार भोलिबाट भने मनसुनी प्रणाली थप सक्रिय हुने पर्वानुमान छ । “भोलिदेखि आगामी दिन अहिलेको तुलनामा धेरै वर्षा हुने देखिन्छ,” मौसमविद् अधिकारी भन्छन्, “यो अवधीमा विभागले भारी वर्षा हुने पूर्वानुमान गरेको छ । धेरै भारी वर्षा हुने सम्भावना पनि हुन सक्छ ।” 


    प्रतिक्रिया दिनुहोस