बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • न्यायाधीश परीक्षामा पास हुन छाडेपछि ४० प्रतिशत उत्तीर्णाक बनाइयो


    हुलाक प्रेस

    • शुक्रबार, साउन १६ २०८२०८:३७
    न्यायाधीश परीक्षामा पास हुन छाडेपछि ४० प्रतिशत उत्तीर्णाक बनाइयो

    काठमाडौँ । न्याय सेवा आयोग ऐन संशोधन गरेर जिल्ला न्यायाधीशको परीक्षाको उत्तीर्णांक नै घटाइएको छ ।  

    जिल्ला न्यायाधीशको परीक्षामा सामेल परीक्षार्थीहरू न्यून संख्या मात्रै पास हुन थालेपछि उत्तीर्णांक नै घटाएर ऐन संशोधन गरिएको हो । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट साउन १४ गते प्रमाणीकरण भएसँगै हालै राजपत्रमा प्रकाशित भएको छ ।  

    अब जिल्ला न्यायाधीशमा नाम निकाल्न ४० प्रतिशत उत्तीर्णांक ल्याए पुग्नेछ। यसअघि ५० प्रतिशत ल्याउनुपर्ने व्यवस्था थियो । 

    'न्याय सेवा आयोग ऐन, २०७३ को दफा १३ को उपदफा ४ मा रहेको ५० प्रतिशत भन्ने शब्दहरूको सट्टा ४० प्रतिशत भन्ने शब्दहरू राखिएका छन्' संशोधनपछिको ऐनमा उल्लेख छ । 

     


    प्रतिक्रिया दिनुहोस