बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पतञ्जली भ्रष्टाचार प्रकरणः पतञ्जली नेपाल प्रमुख सिंह ३५ लाख धरौटी बुझाएर छुटे


    हुलाक प्रेस

    • आइतबार, साउन १८ २०८२१०:०३
    पतञ्जली भ्रष्टाचार प्रकरणः पतञ्जली नेपाल प्रमुख सिंह ३५ लाख धरौटी बुझाएर छुटे

    काठमाडौँ । पतञ्जलि योगपीठका नेपाल प्रमुख शालिग्राम सिंह ३५ लाख रूपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले आइतबार शालिग्रामलाई ३५ लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेपछि सिंह बैंक ग्यारेन्टी बुझाएर छुटेका हुन् ।

    यसै प्रकरणका अर्का अभियुक्त पूर्वमन्त्री प्रेमबहादुर सिंह ५० हजार रूपैयाँ धरौटीमा छुटेका छन् । सोही इजलासमा आइतबार नै उनीहरू दुवै जनासँग बयान लिइएको थियो । त्यसपछि थुनछेक बहस भएको थियो ।

    नेपालमा कम्पनी खोल्नेदेखि व्यावसायिक कारोबार गर्ने सम्पूर्ण जिम्मेवारी पाएका शालिग्राम सिंह यस प्रकरणका मुख्य अभियुक्त पनि हुन् ।

    माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्अन्तर्गत विधेयक समितिले २०६६ माघ १८ गते पतञ्जलि योगपीठलाई हदबन्दीभन्दा बढीको जग्गा राख्न छुट दिने निर्णय गरेको थियो । नेपाल नेतृत्वको सरकारले नै तत्कालै उक्त जग्गा फरक प्रयोजनमा बेच्न स्वीकृति दिएको थियो ।

    हदबन्दी छुट दिँदा र त्यस्तो छुट पाएको जग्गा बेच्ने अनुमति दिँदा पनि भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरूद्ध गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।  

    यसअघि पूर्वप्रधानमन्त्री नेपाल यसै प्रकरणमा ३५ धरौटीमै छुटेका थिए ।


    प्रतिक्रिया दिनुहोस