बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पाँच वटा प्रदेशमा भारी, तीन वटामा धेरै भारी वर्षाको सम्भावना


    हुलाक प्रेस

    • सोमबार, साउन १९ २०८२०७:०६
    पाँच वटा प्रदेशमा भारी, तीन वटामा धेरै भारी वर्षाको सम्भावना

    काठमाडौं । सातवटै प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ । हल्कादेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागको भनाइ छ ।

    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईनजिक रहेको विभागले बताएको छ । 


    प्रतिक्रिया दिनुहोस