बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पछिल्लो २४ घण्टामा कुन-कुन ठाउँमा भयो भारी वर्षा ?


    हुलाक प्रेस

    • सोमबार, साउन १९ २०८२०७:१२
    पछिल्लो २४ घण्टामा कुन-कुन ठाउँमा भयो भारी वर्षा ?

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मध्यमदेखि धेरै भारी वर्षा भएको हो ।

    यो अवधिमा सबैभन्दा धेरै वर्षा अर्घाखाँचीको स्टेशनमा मापन भएको विभागले जनाएको छ । अर्घाखाँचीमा ११४ मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।

    यस्तै, दाङको एक स्टेशनमा १०२.४, रुपन्देहीमा १०१.८ र नवलपरासीमा १०२ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ । यसलाई मौसम विज्ञानको भाषामा धेरै वर्षा भएको भनिन्न । २४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटरसम्म वर्षा हुनु धेरै भारी वर्षा हुनु हो ।

    लमजुङ, पाल्पा, गुल्मी, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाँकेमा पनि ठूलो वर्षा भएको छ । यी क्षेत्रमा ९० मिलिमिटर वर्षा मापन भएको छ । ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ ।

    आज बिहान धादिङ, बारा, रौतहट र पाल्पामा पनि अत्यधिक वर्षा भइरहेको छ । यी क्षेत्रमा वर्षा जारी रहेको विभागले जनाएको छ ।

    आज पनि मौसम बदली भएको छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

    कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस