बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रतिनिधिसभाको बैठक सुरु, रास्वपाको विरोध कायमै


    हुलाक प्रेस

    • सोमबार, साउन १९ २०८२०१:३७
    प्रतिनिधिसभाको बैठक सुरु, रास्वपाको विरोध कायमै

    काठमाडौँ । सोमबार १० दिनपछि प्रतिनिधिसभाको बैठक सुरु भएको छ । 

    सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्ना साथ राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका छन् । 

    भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध जनाएका हुन् ।

    सभामुख देवराज घिमिरेले रास्वपा सांसद असिम साहलाई बोल्न समय दिए । त्यसपछि राप्रपा सांसद ध्रुव बहादुर प्रधानले बोल्नका लागि पाएको समयमा भिजिट भिसा प्रकरणको छानविनको माग गर्दा राप्रपा र रास्वपालाई व्यवस्था विरोधी भनेर ट्याग लगाउन खोजिएको आरोप लगाए ।

    प्रधानले भिजिट भिसा प्रकरण सामान्य विष नभएकाले घटनाको छानबिन र अनुसन्धानका लागि विशेष समिति गठन गर्नुपर्ने माग गरे । 

    भिजिट भिसा प्रकरण लामो समय देखि रास्वपाले विरोध जनाउँदै आएको छ । 


    प्रतिक्रिया दिनुहोस