बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • गण्डकी प्रदेशका प्रमुखबाट दुई विधेयक प्रमाणीकरण


    हुलाक प्रेस

    • सोमबार, साउन १९ २०८२०३:४५
    गण्डकी प्रदेशका प्रमुखबाट दुई विधेयक प्रमाणीकरण

    गण्डकी । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले दुई विधेयक प्रमाणीकरण गरेका छन् ।

    प्रदेशसभाबाट पारित ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई प्रमुख भट्टले आज प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयका सहायक प्रवक्ता सीता सापकोटा सुवेदीले जानकारी दिइन् ।

    दुवै विधेयक यही साउन १२ गते प्रदेश प्रमुखको कार्यालयमा प्रमाणीकरणका लागि पेस गरिएको थियो ।

    संविधानको धारा २०१ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुखबाट विधेयक प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 
    रासस


    प्रतिक्रिया दिनुहोस