बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आज कुन-कुन ठाउँमा छ वर्षाको सम्भावना ?


    हुलाक प्रेस

    • मंगलबार, साउन २० २०८२०६:३६
    आज कुन-कुन ठाउँमा छ वर्षाको सम्भावना ?

    काठमाडौं । देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना रहेको छ । धेरै भारी वर्षाको पनि सम्भावना छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर अधिकांश बदली रहनेछ । कोसी र मधेस प्रदेशका केही स्थान साथै बाँकी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । विभागले राति पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ । जसका कारण देशका धेरै स्थानमा वर्षा भइरहेको छ । 


    प्रतिक्रिया दिनुहोस