काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मुल्य प्रतितोला एक लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यो भाउ अहिलेसम्मकै उच्च हो ।
यसअघि, वैशाख ९ गते प्रतितोला एक लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । उक्त मुल्यलाई उछिन्दै आज सुनको मुल्यले नयाँ रेकर्ड बनाएको हो ।
आज चाँदीको मूल्य २५ रुपैयाँ बढेर प्रतितोला दुई हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।