बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आज कुन-कुन ठाउँमा छ भारी वर्षाको सम्भावना ?


    हुलाक प्रेस

    • बुधबार, साउन २१ २०८२०७:३९
    आज कुन-कुन ठाउँमा छ भारी वर्षाको सम्भावना ?

    काठमाडौं । देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेकाले वर्षा हुने भएको हो । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रहनेछ । बाँकी भूभागमा साधारणतया बदली रहनेछ । 

    लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी प्रदेशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोसी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

    विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    कोसी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।


    प्रतिक्रिया दिनुहोस