बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • जलवाष्पयुक्त हावाको प्रभाव कमजोर हुँदा वर्षा कम


    हुलाक प्रेस

    • बिहीबार , साउन २२ २०८२०७:५५
    जलवाष्पयुक्त हावाको प्रभाव कमजोर हुँदा वर्षा कम

    काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

    कोसी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । मधेस, कोसी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    कोसी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जलवाष्पयुक्त हावाको प्रभाव कमजोर हुँदा वर्षा कम हुन्छ । 
     
     


    प्रतिक्रिया दिनुहोस