बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको भाउ घट्न थाल्यो, ब्यारेलको ६३ देखि ६६ डलरमा कारोबार


    हुलाक प्रेस

    • सोमबार, साउन २६ २०८२०८:५२
    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको भाउ घट्न थाल्यो, ब्यारेलको ६३ देखि ६६ डलरमा कारोबार

    काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (पेट्रोलियम पदार्थ) को भाउ घट्न थालेको छ । केही सातायता ब्यारेलको ७० देखि ७५ डलर हाराहारीमा रहेकोमा मूल्य यो साता घटेर ६३ देखि ६६ डलर आसपासमा छ । 

    गएराति डब्ल्यूटीआई क्रुडमा कच्चा तेल ब्यारेलका ६३.४८ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ । 

    ब्रेन्ट क्रुडमा ब्यारेलको ६६.२५ डलरमा कारोबार भएको छ । भाउ घटे पनि कच्चा तेलको मूल्य अस्थिर रहने देखिएको छ ।  

    अमेरिकाका ठूला वाल स्ट्रिट बैंकहरूबाट सात महिनाामा तेल, ग्यास र कोइला परियोजनामा लगानी २५ प्रतिशत घटेको छ । 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क लगाएपछि गत चैतको अन्तिम साता कच्चा तेलको मूल्य घटेर ब्यारेलको ५६.९६ डलरमा आएको थियो । रुस–युक्रेन युद्ध सुरु भएपछि विश्वबजारमा कच्चा तेलको भाउ अकासिएर ब्यारेलको १४० डलरसम्म पुगेको थियो । इरान र इजरायबीचको युद्धले कच्चा तेलको भाउ बढेर ब्यारेलको ८० डलरसम्म पुगेको थियो ।

    गोल्डम्यान स्याक्स, मोर्गन स्टेनली र जेपी मोर्गनलगायत प्रमुख तेलमा लगानी बैंकहरूले यस वर्ष ब्रेन्ट क्रुडको मूल्य औसतमा ब्यारेलको ६६.३२ र डब्ल्यूटीआई क्रुडको औसतमा ६३.०३ हुने अनुमान गरेका छन् । 

    अमेरिकी डलर बलियो हुँदै गएर १४०.५६ रुपैयाँमा कारोबार भएको छ । 


    प्रतिक्रिया दिनुहोस