बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • किसानलाई मल उपलब्ध गराउन सांसदद्वारा सरकारको ध्यानकर्षण


    हुलाक प्रेस

    • बिहीबार , साउन २९ २०८२०३:५७
    किसानलाई मल उपलब्ध गराउन सांसदद्वारा सरकारको ध्यानकर्षण
    तस्वीर : रासस

    काठमाडौँ ।  सङ्घीय संसद् प्रतिनिधिसभाको बैठकमा किसानले मलको हाहाकार झेलिरहेकाले यथाशीघ्र उपलब्ध गराउन सांसदहरुले ध्यानाकर्षण गराएका छन् ।

    शून्य समयमा आफ्ना धारणा राख्दै सांसदहरुले रोपाइँको समयमा पनि मल उपलब्ध हुन नसक्दा किसान मारमा परेकाले सो विषयमा सम्बोधन हुनुपर्नेमा जोड दिएका हुन् ।

    सांसद भिमप्रसाद आचार्यले भने, “दुःख गरेर बाली लगाएकामा मलको अभाव छ । खडेरीको मारमा थिए किसान अहिले मलको अभाव झेलिरहेका छन् । हरेक वर्ष मल अभाव किन हुन्छ रु समयमा यसको व्यवस्थापन किन गरिँदैन रु यसको सम्बोधन हुनुपर्छ ।”।

    सांसद रामहरि खतिवडाले देशभर मलको हाहाकार देखिएकाले समस्या हुन नदिन सरकारको ध्यानाकर्षण गराए । उनले लम्पी स्किन रोगले देशभर वस्तुभाउ मरेर आक्रन्त पारेकाले यसमा पनि ध्यान केन्द्रित हुनुपर्ने बताए ।

    सांसद रामकुमार राई, सांसद रामशंकर यादव र सांसद रामकृष्ण यादवले मल अभाव हुन नदिन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए ।

    रासस


    प्रतिक्रिया दिनुहोस