काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा समायोजन गर्दै पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
निगमले इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीको आधारमा शुक्रबार जारी विज्ञप्ति मार्फत जानकारी दिएको हो । विज्ञप्ति अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ ।
नयाँ मूल्य परिवर्तन शनिबारदेखि लागू हुने निगमले जनाएको छ ।