काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ ।
देशको पहाडी भू-भागमा साधारणतया रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेका थोरै स्थानहरूमा तथा मधेस र कर्णाली प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती. पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ ।