बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानमन्त्रीसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट


    हुलाक प्रेस

    • आइतबार, भदौ १ २०८२०१:४१
    प्रधानमन्त्रीसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले आज शिष्टाचार भेट गरेका छन् ।

    परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । 

    भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका अधिकारी, नेपालका लागि भारतीय राजदूतलगायत सहभागी छन् । रासस


    प्रतिक्रिया दिनुहोस