बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अध्यक्ष  दाहालसँग विदेशसचिव मिश्रीको शिष्टाचार भेट


    हुलाक प्रेस

    • आइतबार, भदौ १ २०८२०५:०७
    अध्यक्ष  दाहालसँग विदेशसचिव मिश्रीको शिष्टाचार भेट

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन् ।

    नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका विदेशसचिवले अध्यक्ष निवास खुमलटारमा भेट गरेका हुन् ।

    त्यस अवसरमा उनिहरूबीच नेपाल–भारत सम्बन्धका विविध विषयमा विचारविमर्श भएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।
    रासस


    प्रतिक्रिया दिनुहोस