बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट


    हुलाक प्रेस

    • मंगलबार, भदौ ३ २०८२१२:११
    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    काठमाडौँ । स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९५ हजार १०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३०० मा खरिदबिक्री भइरहेको छ । 

    सोमबार एक तोला सुन रु एक लाख ९६ हजार ३०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३१५ मा कारोबार भएको थियो । 

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस


    प्रतिक्रिया दिनुहोस