बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • उपसभामुख रानालाई पदबाट हटाउने सत्तारूढको प्रयासको विरोध गरेर जाने प्रतिपक्षी दलको निर्णय


    हुलाक प्रेस

    • मंगलबार, भदौ ३ २०८२०४:५७
    उपसभामुख रानालाई पदबाट हटाउने सत्तारूढको प्रयासको विरोध गरेर जाने प्रतिपक्षी दलको निर्णय

    काठमाडौँ । उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउन सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले संयुक्त रुपमा लागेपछि बसेको विपक्षी दलहरुको बैठकले सत्तारुढ दलको यस कदम विरुद्ध शसक्त भएर लाग्ने निष्कर्श निकालेको छ ।

    मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकमा यस्तो निष्कर्श निकालिएको हो । 

    बैठकमा माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, नेपाल समाजवादी, आम जनता पार्टीका नेताहरू सहभागी थिए । 

    उपसभामुख रानाको आचरणमाथि प्रश्न उठाउँदै कांग्रेस र एमालेले पदबाट हटाउनको लागि मंगलबार आफ्ना सांसदहरूको हस्ताक्षर गराएका छन् । यही प्रयासकाविच प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को आह्वानमा बैठक बसेको थियो । 

     


    प्रतिक्रिया दिनुहोस