बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाल रेडक्रस सोसाइटी गठन गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश


    हुलाक प्रेस

    • मंगलबार, भदौ १० २०८२०६:५२
    नेपाल रेडक्रस सोसाइटी गठन गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले सरकारले गठन गरेको नेपाल रेडक्रस सोसाइटी तदर्थ समितिमा गठन गरेकोमा अल्पकालीन आदेश जारी गरेको छ ।

    रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष सुदर्शन नेपालले दायर गरेको रिटमा मंगलबार अदालतले आदेश दिँदै विपक्षीका नाममा कारण देखाउ आदेश जारी भएको हो । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले कारण देखाउसहित अन्तरिम आदेश दिएको हो ।

    सरकारले गठन गरेको तदर्थ समिति गठन गर्नुको कारण माग गर्दै सर्वोच्चले अल्पकालीन आदेश जारी गरेको हो ।

    वर्तमान सरकारले कांग्रेस र एमालेबाट भागबन्डा हुनेगरी विनोद शर्माको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । त्यसविरुद्ध पूर्व अध्यक्ष नेपालले सर्वोच्चमा रिट दायर गरेका थिए । 


    प्रतिक्रिया दिनुहोस