बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट नजोड्नेलाई कारबाही र जरिवाना नहुने


    हुलाक प्रेस

    • मंगलबार, भदौ १० २०८२०७:१०
    असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट नजोड्नेलाई कारबाही र जरिवाना नहुने

    काठमाडौँ । यातायात व्यवस्था विभागले असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट नजोड्नेलाई कारबाही र जरिवाना नहुने प्रष्टीकरण दिएको छ ।

    मंगलबार महानिर्देशक राजिब पोखरेलले एक विज्ञप्तिमार्फत इम्बोस्ड नम्बर प्लेट नजोड्नेलाई तत्काल कारबाही र जरिवाना नहुने उल्लेख गरेका हुन् ।

    ‘असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरून्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड/जरिवाना नगरिने व्यहोरा समेत स्पष्ट पारिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

    सर्वसाधरणलाई आफू अनुकूल यातायात कार्यालयमा गएर इम्बोस्ड नम्बर प्लेट जडान गर्न पनि अनुरोध गरेको छ । विभागले सरकारको डिजिटल नेपालको अवधारणलाई आत्मसात गरेर डिजिटलाइज प्रविधिको अवलम्बन गरेको बताएको छ ।

    इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपीको प्रयोग गर्नुपर्ने भनेर सामाजिक सञ्जालमा माग भएका छन् ।

    त्यस विषयमा सर्वोच्चको संवैधानिक इजलासबाट सम्झौता अनुसार अंग्रेजी लिपी प्रयोग गर्न कुनै संवैधानिक र कानूनी त्रुटि नहुने भनेर २०७६ मंसिर २७ गते फैसला भएको पनि विभागले जनाएको छ । सबै रिटहरू बदर भएपछि २०८१ असोज ६ मा भएको सम्झौता अनुसार अंग्रेजी लिपीको प्रयोग गर्ने निर्णय भएको थियो ।


    प्रतिक्रिया दिनुहोस