बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी


    हुलाक प्रेस

    • बुधबार, भदौ १८ २०८२०३:१५
    प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी

    बेइजिङ चीन । प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सव विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी भएका छन् । 
         
    सो अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले समारोहमा उपस्थित राष्ट्रप्रमुख÷सरकारप्रमुखलाई स्वागत गरेका थिए । 

    प्रधानमन्त्री ओली परेड सकिएपछि चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवाभोजमा सरिक भए । 

    जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन ९एससिओ० शिखर सम्मेलनमा भाग लिने सिलसिलामा उनी चीन भ्रमणमा छन् ।

    चीनको औपचारिक भ्रमण सकाएर आजै प्रधानमन्त्री ओली नेपाल फर्कदै छन् । रासस


    प्रतिक्रिया दिनुहोस