काठमाडौँ । न्याय सेवा आयोगले विभिन्न पद तथा श्रेणीका ३० जना अधिकृतको सरुवा सिफारिस गरेको छ ।
आयोगले बुधबार सूचना प्रकाशित गरी सरुवा सिफारिसबारे सार्वजनिक गरेको हो ।
आयोगका अनुसार विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलिया न्याय परिषद् सचिवालयमा सरुवा भएका छन् । यस्तै, उच्च अदालत पाटनका रजस्ट्रार श्रीलाल पौडेल सर्वोच्च अदालतमा सहरजिस्ट्रारका लागि सिफारिस भएका छन् ।
आयोगले सर्वोच्चका सहरजिस्ट्रार वेदप्रसाद उप्रेतीलाई विशेष अदालतको रजिस्ट्रारमा सिफारिस गरेको छ ।